सुचना, समाचार र मनोरन्जन

परिवारसँग हेर्नुको मजा ‘बेहुली फ्रम मेघौली’ले दिने अभिनेता बस्नेतको दाबी

काठमाडौं :

असोज १७ गते अर्थात पर्सिबाट हलमा लाग्ने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’बारे अभिनेता तथा निर्माता निश्चल बस्नेतले परिवारसँग बसेर हेदाए मजा आउने मिल्ने बताएका छन् । हालै उनले यहि फिल्मको प्रचारका क्रममा फिल्मलाई परिवारमा बसेर हेर्न मिल्ने बताएका हुन्।

Chaka Panja

सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्मको स्क्रिप्ट राम्रो लागेको हुनाले काम गरेको बताए। उनका अनुसार फिल्म हेरुन्जेलसम्म दर्शकलाई निराश फिल्मले नबनाउने उनको दाबी छ। उनले यो फिल्ममा लगानी गर्नुको कारण सहित भन्छन्,‘यो फिल्म नउम्कियोस् भनेर मैले साजन र आकाशलाई ‘गाइड’ राम्ररी नै गरिरहेको थिएँ।’

यो फिल्मको लगानीमा उनकी श्रीमती स्वस्तिमा खड्काले समेत गरेकी छन्। श्रीमानश्रीमती नै मुख्य भुमिकामा रहेको यो फिल्ममा बिजय बराल,सिम्रन खड्का लगायतले अभिनय गरेका छन्। फिल्मलाई लिएर निश्चल र स्वस्तिमा निकै उत्साहित देखिएका छन्।

Leave A Reply

Your email address will not be published.