सुचना, समाचार र मनोरन्जन

ओलीले गरेको पहिलो संसद् विघटनको फैसला सार्वजनिक, चोलेन्द्रले गरे हस्ताक्षर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पहिलो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

संवैधानिक इजलासको नेतृत्व गरेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले फैसलाको पूर्णपाठमा हस्ताक्षर गर्न नमान्दा केही वर्षअघि नै तयार भएको पूर्णपाठ सार्वजनिक हुन सकेको थिएन ।

Chaka Panja

मस्यौदामा पूर्वप्रधानन्यायाधीश जबराले पनि हस्ताक्षर गरेपछि सर्वोच्च अदालतले मंगलबार फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो । तत्कालीन न्यायाधीश अनिलकुमार सिन्हाले १४२ पेज लामो फैसलाको राय लेखेका हुन् ।

कार्यशैली विवादित भएपछि तत्कालिन प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतकै कैयौ न्यायाधीशहरुले बहिष्कार गरेका थिए । त्यसपछि उनीविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

महाभियोगको प्रस्तावका कारण निलम्बनकै अवस्थामा अवकाश भएका उनले आफ्नो पेन्सनपट्टा नबनेको भन्ने कारण देखाउँदै फैसलाको मस्यौदामा हस्ताक्षर गर्न अस्वीकार गर्दै आएका थिए । –अनलाईनखबर

Leave A Reply

Your email address will not be published.