काठमाडौं :
बिहिबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्म हेरेका दर्शकले फिल्मको तारिफ गरेका छन्।निर्माण पक्ष फिल्मका दर्शक भेटेर प्रतिक्रिया लिइरहेका छन्।
फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरी, निर्देशक विक्की महर्जन लगायतको टिम हल–हलमा पुगिरहेका छन्। शुक्रबारबाट पनि निर्माण टिम सिटी सेन्टरको बिगमुभिज पुगेका थिए। दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि निर्माण टिम उत्साहित देखिएका छन्। अझ बढि सुशील श्रेष्ठ पनि उत्साहित देखिएका थिए।