सुचना, समाचार र मनोरन्जन

वर्षा नहुँदा धान उत्पादक किसान चिन्तित

 

उदयपुर : केही दिनयता अत्यधिक गर्मी बढेसँगै वर्षा नहुँदा यहाँका धान उत्पादक किसान चिन्तित बनेका छन् । भदौ महिनाको चौथौ सातादेखि अत्यधिक गर्मी र खडेरी सुरु भएपछि सिँचाइ अभाव भएका त्रियुगा, बेलका, चौदण्डी र कटारी नगरपालिका क्षेत्रका किसानको धान मर्न थालेको किसानहरुको भनाइ छ ।

त्रियुगा नगरपालिका–१ जोगिदह बरगाछीका किसान पदम कार्की भन्छन्, “असारदेखि निरन्तर वर्षा भएकाले गाउँको पाखा खेतमा पनि धान रोपाइँ सहज भएको थियो, तर जब भदौको अन्तिम हप्तादेखि गर्मी बढेर खडेरी सुरु भएपछि धान मर्न थाले । सिँचाइको अभावमा खेतका गरामा चिरा परेको छ ।” उनले आफ्नो खेतको २५ प्रतिशत धानको बोट मर्न थालेको बताए ।

Chaka Panja

त्रियुगा नगरपालिका–१३ पोर्ताहका किसान देवीलाल चौधरीका अनुसार भदौको तेस्रो साता देखि बर्षा हुन छाडेको हो । सुख्खा भएपछि खोलानालामा पानी सुक्न थालेको कारण खेतमा सिँचाई गर्न नसकिएको उनले बताए । आफूले १४ कठ्ठा खेतमा रोपेको धानसहित गाउँलेको खेतमा समेत सिँचाइ अभावमा धान मर्न थालेको चौधरीको भनाइ छ ।

त्रिनपा– १३ लक्ष्मीपुरका किसान नारायण चौधरी भन्छन्, “झण्डै २५ दिनदेखि पानी परेको छैन, खेतमा बोरिङ मेसिन हुने किसानको त पानी तानेर सामान्य सिँचाइ भइरहेको छ, मेसिन नहुनेको सिँचाइ अभावमा धान मर्न थालेका छन् ।”

 

चौदण्डीगढी नगरपालिका–१० हडिया र सुन्दरपुर क्षेत्रमा पनि सिँचाइ अभावमा धेरै किसानका खेत खडेरीले सुक्न थालेका छन् । कटारी नगरपालिकाको रिस्कु, सोमबारे र मरुवा क्षेत्रमा खडेरीले प्रभावित बनाएको छ । जिल्ला सदरमुकाम गाईघाटमा सोमबार मात्र ४२ डिग्री तापक्रम मापन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.