सुचना, समाचार र मनोरन्जन

अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गर्ने ३ युवा पक्राउ

काठमाडौं/

अमेरिका पठाउने भन्दै डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ का २४ वर्षीय मनिषराज खड्का, मुसिकोट–२ का २७ वर्षीय मधुकुमार खड्का र सोही ठाउँका ३४ वर्षीय वीरेन्द्र खड्का छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट सोमबार पक्राउ गरेको हो ।

बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै उनीहरूले १ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाएर ठगी गरेको आरोप छ ।

पक्राउ परेकाहरूलाई ठगीको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.