सुचना, समाचार र मनोरन्जन

‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार’: अनौठो कथामा बन्यो ‘परिवार’ (पोस्टरसहित)

काठमाडौँ :

रे अफ आर्ट प्रा.लिको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘परिवार’को प्रदर्शन मिति तय गरिएको छ। मदन थापाको निर्देशनमा तयार भएको यो फिल्म आउँदो कात्तिक १३ गतेबाट देशभरका सिनेमा हलहरूमा रिलिज हुने भएको हो।

Chaka Panja

‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने मूल नारा (थिम)मा आधारित रहेर यो फिल्म निर्माण गरिएको छ। सार्वजनिक फिल्मको पोस्टरमा मुख्य कलाकार कामेश्वर चौरासियालाई महिला र लक्ष्मी बर्देवालाई पुरुषको भिन्न अवतारमा प्रस्तुत गरिएको छ, जसले दर्शकमाझ फिल्मप्रति निकै कौतुहलता जगाएको छ।

फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवासँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरूको अभिनय रहेको छ।

शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण भएको यस फिल्मका निर्माता रमेश शाही हुन् भने कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताका रूपमा रहेका छन्। प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको यस फिल्ममा निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायाङ्कन तथा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ।

Leave A Reply

Your email address will not be published.