Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन: थेवे
काठमाडौँ,
राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताएका छन ।
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि भने नेपाल पर्यटकीय रुपमा सुन्दर राष्ट्र भएकाले यस क्षेत्रमा युवालाई आत्मनिर्भर नाउन सकिने सम्भावना रहेको बताए ।
“प्रदर्शनीमा राखिएका तस्बिरले दिन खोजको भाव अपरम्पार छ, हाम्रो देश पर्यटकीय गन्तव्य हो,” अध्यक्ष थेवेले भने, “देशको तीव्र आर्थिक उन्नति, समृद्ध राष्ट्र बनाउने र आम युवालाई आत्मनिर्भर बनाउने उद्देश्य बोकेर हिँडेका छौँ, त्यसको महत्त्वपूर्ण पाटो पर्यटन पनि हो ।”
मुलुकको सिङ्गो पर्वतीय पर्यटनको झल्को दिने गरी तस्बीर प्रदर्शनीमा राखिएको उनको प्रतिक्रिया छ । “नेपालमा युवा छैनन् भन्ने भाष्य निर्माण गर्नुहुँदैन, नेपालमा असाधारण सम्भावना छ, विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेर आफ्नै देश फर्किएर राम्रा उद्यमी बनेका छ्न,” उनले भने, “आगामी बजेट पनि युवा र उद्यमीमैत्री भएको छ, युवालाई सरकारले सहुलियत पूर्ण ऋण उपलब्ध गराएर उद्यमी बनाइ नेपालमै राख्ने अभियानमा हामी छौँ ।”
Next Post