सुचना, समाचार र मनोरन्जन

पलको ‘यानी माया’मा अञ्जना पुनको प्रमुख अभिनय रहने

काठमाडौं :

फिल्म ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छन्। मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै फिल्मबाट डेब्यु गर्नेछिन्। यसै फिल्मबाट अभिनेता पल शाह पनि निर्माताका रुपमा आउन लागेका छन्। उनको आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो।

Pach Pandav

अञ्जना पुन एक स्थापित मोडेल हुन्। उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’जस्ता उपाधिहरू जितेकी छन्। सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले मिस रियल पपुलर च्वाइस र मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स अवार्ड समेत प्राप्त गरेकी थिइन्। अञ्जना पुन क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो फिल्म दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ। यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ। आगामी साउनबाछ छायाङ्कनमा जाने यो फिल्ममा बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन्। पल शाहको लागि यो फिल्म निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छन्।

Leave A Reply

Your email address will not be published.