सुचना, समाचार र मनोरन्जन

‘आ बाट आमा’को छायांंकन सकेका चन्द्र पन्तले गरे अर्को फिल्ममा पललाई नै अनुबन्ध

काठमाडौं :

चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आ बाट आमा’को २५ दिनमा छायांकन सकिएको छ। फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुबन्ध गरेका छन्। निर्देशक चन्द्र पन्तले फिल्मको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताए। अहिलेलाई अभिनेताका रुपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनको भनाई छ।

निर्देशक पन्तले फिल्म ‘आ बाट आमा’को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए। एक महिनाको सेड्युलमा छायांकन थालेता पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतका कारण ५ दिन अगावै फिल्मको सुटिङ सकिएको निर्देशक पन्तले जानकारी दिएका छन्।

चितवन,काठमाडौं लगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह,प्रदीप रावत,विपना थापा, गजित बिष्ट,साइग्रेस पोखरेल,सिम्रन पन्त,उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्। आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने छ।
फिल्मको छायांकन सकिएपछि अभिनेता पल शाहले आफु यो फिल्मबाट निकै आशावादी रहेको बताए। उनी भन्छन्,‘म आशावादी छु तपाईं भगवान रूपी दर्शकहरूले ‘आ बाट आमा’लाई पनि सधैं झैँ माया र समर्थन गर्नु हुनेछ र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।’
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर। गौतम,रहेका छन्।

यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ। निर्माण पक्षका अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो। हिमारु इन्टरटेन्मेन्ट प्रा।लि।ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।

Leave A Reply

Your email address will not be published.