सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मायावी’मा दीपिकाको जोडी पल

काठमाडौं :

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । निर्माण टिमले बिहिबार पल शाहलाई अनुबन्धित गरेको जानकारी दिएको हो। लेखक तथा निर्देशक दीवाकर भट्टराईका अनुसार पललाई प्रेमकथाका दर्शकले रुचाउने भएका कारण आफ्नो फिल्ममा लिएका हुन्।

Chaka Panja

आफै फिल्म निर्माण गर्नका लागि स्क्रिप्ट र निर्देशक खोज्दै हिडेका पललाई निर्देशक भट्टराईले लिएका छन्। डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलको जोजीका रुपमा दीपिका प्रसाई रहने छिन्। अन्य कलाकारको टुङ्गो केहि दिनमा नै लगाउने निर्देशक भट्टराईले जानकारी दिएका छन्। फिल्मको हिजो मात्रै श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर घोषणा गरिएको थियो।

दीपिकाले यस अघि फिल्म ‘ऐश्वर्या’ मा अभिनय गरेकी थिइन्। यसछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो। क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.