सुचना, समाचार र मनोरन्जन

नेपालीहरु रोजगारीका लागि विश्वका बिभिन्न १४४ वटा देशमा

काठमाडौँ/

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार विश्वका बिभिन्न १४४ वटा देशमा नेपालीहरु रोजगारीका लागि रहेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका मन्त्री भण्डारीले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार वैदेशिक रोजगारीमा पठाउने भनेर दर्ता भएका म्यानपावर कम्पनीको संख्या ९३५ वटा छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, उनीहरु ठगिएको विषय, नेपालीहरुले पाउनुपर्ने सुविधा लगायतका विषयमा सरकार गम्भीर रहेको पनि उनले बताए ।

Leave A Reply

Your email address will not be published.