सुचना, समाचार र मनोरन्जन

पल र मलिकाको केमेस्ट्रीले जित्यो दर्शकको मन,‘अचेल किन कान्छी’हिट,पर्यो ट्रेण्डिङ वानमा

काठमाडौँ :

दर्शकले पल शाह र मलिका महतको जोडीलाई अत्यधिक रुचाएका छन्। फिल्म ‘आ बाट आमा २’मा समावेश गीत ‘अचेल किन कान्छी’को भिडियोलाई ६० लाख ५० हजारभन्दा बढिले हेरेका छन्। गीतको भिडियो रिलिजको सातौँ दिनमै युट्युबमा ट्रेन्डिङ नम्बर वानमा पर्न सफल भएको छ।

यो समाचार तयार पार्दासम्म गीतको भिडियोमा एक लाख लाईक गरिएको यो भिडियोमा ६६ सय भन्दा बढिले पल र मलिकाको जोडीलाई रुचाएका छन्। कमेन्टकर्ताले पल र मलिकालाई राजारानी भएको भन्दै कमेन्ट गरेका छन्। कमेन्टकर्तामध्ये एक प्रेम कुमार लेख्छन्,‘नेपाली फिल्म इन्डस्ट्रीका राजा–रानी पल र मलिका साँच्चिकै भन्नुपर्दा, यो जोडी एकदमै परफेक्स जोडी हा। नेपाली फिल्म क्षेत्रका लागि यो जोडी निकै राम्रो र भाग्यमानी जोडी बन्न सक्छ। निर्देशक तथा निर्माता ज्युहरूको पनि ध्यान यो जोडीमाथि जाओस्। आउँदा दिनमा पल र मलिको जोडीलाई लिएर अझ धेरै राम्रा,स्तरीय र दर्शकको मन छुने फिल्महरू हेर्न पाइयोस्।’

दर्शकको चाहाना अनुसार नै फिल्मका निर्देशक चन्द्र पन्तले पिएम जोडीलाई फिल्ममा लिएको बताए। उनले भने,‘दर्शकको माग अनुसार नै हामी फिल्मको कथा लेखेका हौँ र सोही जोडीलाई फिल्ममा राख्दा दर्शक खुशी हुनुभएको हो।’

Chaka Panja

एक साताअघि ‘अचेल किन कान्छी’ गीत रिलिज भएको थियो। यो फिल्मको गीतले सर्वाधिक चर्चाका पाएको हो। साथै केहि दिनमा नै एक करोड भ्युअर्स बढुल्ने छाँटकाँट गीतको छ।िडान्सिङ गीतमा पल शाह,मलिका महतका साथै आकाश श्रेष्ठलाई पनि देख्न सकिन्छ। एउटा सामुहिक विवाहमा पल र मलिको डान्समा आकाश खलनायक बनेको देखिन्छ। रमाइलो गीतमा उनी किन खलनायकको भुमिकामा देखिए भन्ने प्रश्नको जवाफ अर्को शुक्रबार हलमा देखिन्छ। पल शाह र मलिका महतको यो पहिलो फिल्ममा सहकार्य हो।

यस गीतको कोरियोग्राफी गंभिर बिष्टले गरेका गरेका हुन्। गीतको शब्द रचना,संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा रवि ओड र गंगा सोनामको रहेको छ। गीतमा कोरस गायन शंकर सिङ ठकुरी,प्रेम राई अञ्जना खतिवडा,सुस्मिता दाहालको सुन्न सकिन्छ।चन्द्र पन्तको कथा,पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।

यस फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्ट पनि रहेका छन्। करण सिंह फिल्मको  प्रोडक्सन एक्जिक्युटिभ रहेको यस फिल्ममा नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ भने फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।

Leave A Reply

Your email address will not be published.