सुचना, समाचार र मनोरन्जन

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री

 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी भएकी छन्।

Chaka Panja

काठमाडौंको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन्। प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले स्वागत गरेका थिए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवालगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.