सुचना, समाचार र मनोरन्जन

पोखरा महानगर भ्रमणवर्ष घोषणा भएका पालिकासँग अनुभव आदानप्रदान गर्दै

पोखरा,

पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्दै विभिन्न कार्यक्रमका साथ आफ्ना गतिविधि बढाइरहेको पोखरा महानगरपालिकाले भ्रमणवर्ष घोषणा गरेका विभिन्न पालिकासँग अनुुभव आदानप्रदान गर्ने कार्यलाई अघि बढाएको छ ।

भ्रमण वर्ष घोषणा पश्चात गरिएका प्रयासँगै गरिएका असल अभ्यास एवम् पर्यटकीय साझेदारी अभिबृद्धि गर्ने उद्देश्यका साथ अनुभव आदानप्रदान गर्ने कार्य बढाइएको पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए।

अनुुभव आदानप्रदानकै क्रममा आइतबार भ्रमण वर्ष घोषणा सहित अघि बढीरहेको गोरखा नगरपालिकामा सरोकारवाला पदाधिकारी एवम् प्रतिनिधिसँग अन्तरक्रिया गरिएको छ ।

गोरखा आँर्फैमा एउटा ऐतिहासिक स्थल भएको बताउँदै पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक भट्टराईले पोखराबाट नजिक रहेको यस गन्तव्यसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउँदै अघि बढ्न सकिने बताए ।

गोरखाले पनि भ्रमण वर्ष घोषणा गरि अघि बढीरहेको र पोखरा पनि भ्रमण वर्ष घोषणा सहित विभिन्न गतिविधि बढाइरहेको उल्लेख गर्दै भट्टराईले एकआपसमा गरिने समन्वय र सहकार्यबाट पनि यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा राखे ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबादुर राना मगरले गोरखा नेपालको एउटा महत्वपूर्ण ऐतिहासिक स्थान भएको बताउँदै यहाँबाट नै विशाल नेपालको एकिकरण सुरुवात भएको बताए ।

भैगोलिक विबिधतासँगै धेरै धार्मिक एवम् ऐतिहासि स्थलहरू गोरखामा रहेको बताउँदै उनले स्वदेश एवम् विदेशका पर्यटकलाई यहाँ आउनका लागि प्रेरित गर्नका भ्रमण वर्ष घोषणा गरिएको बताए ।

भ्रमण वर्ष घोषणासँगै विभिन्न कार्यक्रम तय गर्दै चरणवद्ध रुपमा आँफूहरूअघि बढीरहेको उनले जानकारी दिए । छिमेकी मुलक भारतसँग पर्यटकीय सम्बन्ध बिस्तार गर्नका लागि गोरखादेखि गोखरपुरसम्म खिचडी पदयात्रा जस्ता कार्यक्रम अघि बढाउन खोजिएको उनको भनाइ छ ।

महिला उद्यमी रामकली खड्काले गोरखा विभिन्न कच्चा समाग्री पाइने ठाउँ भएको बताउँदै यसलाई पर्यटन एवम् उद्यमशीलतासँग जोड्नुु आवश्यक भएको बताए ।

चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष रामशरण श्रेष्ठले पोखरा आँर्फैमा सुन्दर गन्तव्य भएको बताउँदै त्यहाँ बसपार्क लगायतका पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने सुुझाव व्यक्त गरे ।

गोरखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठले गोरखा ऐतिहासिक एवम् धार्मिक स्थल भएको बताउँदै यसको पर्यटकीय उपयोगलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

गोखरा उद्योग वाणिज्य संघका अध्यक्ष भवानी मास्केले पोखरा आर्फैमा सुन्दर गन्तव्य भएको बताउँदै सुन्दरताको संरक्षणसँगै फेवातालको बढ्दो अतिक्रमण जोगाउनुुपर्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डबाट विनियोजन हुने रकम पोखरामा मात्रै केन्द्रित नगर्न उनले बोर्डसँग आग्रह गरे । नेपाल पत्रकार महसंघ गोरखाका पूर्व अध्यक्ष कैलाशबाबु श्रेष्ठले पोखराका पर्यटकीय गन्तव्यमा सार्वजनिक यातायातको सहज पहुँच हुनुु जरुरी भएको धारणा राखे ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले यस क्षेत्रको पर्यटकीय विकासका लागि पालिकाहरूबीच भाइचारा सम्बन्ध हुनुु जरुरी भएको धारणा राखे ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले भ्रमण वर्ष घोषणा गरिएका पालिकामा भैरहेका असल अभ्यासबारे जानकारी लिनका लागि यस किसिमका कार्यक्रमलाई महानगरले बढाएको बताए ।

पोखरा स्थानीय सबै पािलकासँग सहकार्य गर्दै अघि बढ्न लागेको बताउँदै उनले सबैको सामुहिक प्रयासमा महत्वपूर्ण उपलब्धिहरू पनि हासिल हुने बताए ।
भ्रमण वर्ष घोषणासँगै विभिन्न छुटका प्याकेज घोषणा गर्दै महानगर अघि बढीरहेको उनले जानकारी दिए । पोखरामा अबौं रुपैयाँका पूर्वाधार निर्माणको क्रम समेत बढीरहेको उनले बताए।

महानगरले हेलमेट डाँडाको पर्यटकीय उपयोगसँगै लेक टु लेक कनेक्टिभिटि, बेगानास तालमा वाटर स्पोर्ट, नयाँबजारमा कोशेली घर निर्माण जस्ता धेरै कामहरू अघि बढाउन खोजिएको उनको भनाइ छ ।

पर्यटन व्यवसायी महिला संघ (टेवान) का पूर्व अध्यक्ष कमला गिरीले गोरखा पर्यटकीय रुपमा धेरै सम्भावना बोकेको ठाउँ भएको बताउँदै सको पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको धारणा राखे ।

Leave A Reply

Your email address will not be published.