सुचना, समाचार र मनोरन्जन

प्रभातपालसँग परिचयकर्मीको प्रश्न : वसन्तको प्रचारप्रसारमा खै तपाई ?

काठमाडौं :

प्रभातपाल पछिल्लो समयका चर्चित अभिनेता हुन्। उनले फिल्म ‘डिसेम्बर फल्स’,‘सरि मम,‘नमेटिने घाउँ’,‘वसन्त’ र पछिल्लो समय ‘मुग्लान’ खेलिरहेको छ। उनले पहिलो समय अभिनय गरेको म्युजिक भिडियो पनि उतिकै चर्चामा छन्। उनले अस्मिता अधिकारीले गाएको गीत ‘फुलै फूल दिन्छौँ’बाट म्युजिक भिडियोमा डेब्यु गरेका थिए।

त्यसपछि लगातार दर्जनै भिडियोमा अभियन गरेका पालको पछिल्लो समय बद्री पंगेनी र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘कन्याराशी’मा अभिनय गरेका छन्। जुन सामाजिक सञ्जाल तथा टिकटकमा उतिकै भाइरल छ। त्यस्तै रमेश सुनार र शान्तीश्री परियारको स्वरको गीत ‘किसिमै देखिन्छौँ’मा अभिनय गरेर थप चर्चामा आएका छन्।  उनीसँग परिचय डटकमले  प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वसन्त’ र उनका बारेमा गरेको कुराकानी :

१ फिल्म ‘वसन्त’प्रदर्शन आउन एक साता पनि बाँकी छैन। तपाईलाई प्रचारप्रसारमा कमै देखिन्छ। कतै प्रकाश टिमसँग मनमुटाव भएको त होइन?
त्यस्तो केही पनि भएको छैन। म अहिले फिल्म ‘मुग्लान’को सेटमा छु। सायद त्यो भएर पनि हो की।

२ तपाईको उत्तरमा अलिक क्लियर हुन सकिएन। कि प्रचारप्रसारमा निर्माण टिमले बोलाएका छैनन्?

हैन,बोलाउनु भएको छ। उहाँहरुले बोलाएको समयमा त म प्रचारप्रसारमा नै हिडेको छु। मैले जानकारी पाएसम्म पुगेको छु। केहि कार्यक्रममा नदेखिदा तपाईहरुलाई त्यस्तो लागेका हुन सक्छ। यस्तो पनि हो,यसको मुख्य पात्र नै प्रकाश सपुत हुनुहुन्छ। म त सहायक पात्र न हो। उहाँ आफैले फिल्मको कथालाई बोकेको हुनाले उहाँ नै अगाडि आउनु हुने भइहाल्यो। सहायकमा त म छँदै छु।

३ सहायक पात्र भन्नुभयो,कतै त्यो ४ मिनेटको ट्रेलरमा देखिए जति त होइन नि?

होइन,मेरो लामै भुमिका छ। यसमा म मात्र छैन,अरु कलाकारहरु पनि हुनुहुन्छ। थुप्रै जोडिएका छाँै। सिनियर र चलेको कलाकार नै थुप्रै हुनुहुन्छ। जुन कुरा फिल्म हेरेपछि मात्रै थाहा हुन्छ।

४.यो फिल्ममा कसरी जोडिन पुग्नुभयो?

मैले अडिसन दिएर नै पास भएर फिल्म खेलेको हो। मलाई दिनुभएको क्यारेक्टर पनि म्याच भएर नै मलाई लिनु भएको हो। मलाई असिस्टेन डिरेक्टर गोपाल सर लगायत अरु पनि। पछि प्रकाश सरले पनि लिनुभयो। उहाँले पनि मैले गर्ने भुमिका मन पराउनुभयो खेल्ने मौका पाए।

                                                                              photo : surendra thapa

५ कलाकारले कुनै पनि फिल्मका लागि अडिसन दिनु कतिको जरुरी ठान्नुहुन्छ?

मैले फिल्म बुझे र बुझाइए अनुसार क्यारेक्टर हेर्दा खेरि मिल्यो ९० प्रतिशत फिल्म त्यहि सक्सेस हुन्छ रे। बाँकी काम,त्यो स्क्रिप्ट,यात्रा लगायतको कुरा हो रे। त्यस कारण पनि अडिसनमार्फत निर्देशकले खोजेको पात्र भेट्नका लागि भए पनि अडिसन दिनु र लिनुपर्छ जस्तो लाग्छ। ताकी फिल्म सफल बनाउनका लागि सहज हुन्छ।

६ चलेको मान्छेले अडिसन दिनु कतिको जरुरी ठान्नुहुन्छ?

म त जरुरी नै ठान्छु। म आफैले पनि पहिला त क्यारेक्टर नै हेर्छु। म आफुले अभिनय गर्दा म्याच भयो भने अभियन गर्छु। कामका लागि आँट्छु नत्र गर्न सक्दिनँ भन्छु।

७ फिल्ममा काम गर्दा तपाईको बढि ध्यान के मा जान्छ,स्क्रिप्ट कि टिममा?

म त टिम नै छान्छु अहिलेको समयमा त। किनभने मैले भोगेको कुरा पनि हो। स्क्रिप्ट राम्रो हुँदा हुँदै पनि फिल्म बिग्रिएका छन्। यसका थुप्रै उदाहरणहरु पनि छन्। त्यसमा टिमको कमिकमजोरीले गर्दा पनि हो। टिम राम्रो भयो भने पनि फिल्म उत्कृष्ट बन्न सक्छ भन्ने मेरो बुझाई छ।

८ मैले यहीँ कुरामा जोड्न चाहान्छु,तपाईको रोजाईमा पहिले स्क्रिप्ट पर्छ कि पैसा?

पहिला त म स्क्रिप्ट नै छान्छु। पैसाको पछि लाग्ने भइदिएको भए म सायद फामेसी फिल्डमा नै हुन्थेँे होला । यो मेरो मनमा गडेको कुरा थियो एक्टिङ। त्यस कारण मेरो रोजाई पैसा भन्दा पनि स्क्रिप्ट पर्छ।

९ दर्जनौ म्युजिक भिडियो,आधा दर्जन नै फिल्ममा काम गरिसक्नुभएको छ?तर तपाईलाई हेरेर कुनै अभिनेत्रीले रिजेक्ट गर्नु भएको छ?

यस्ता खाल्को कुराहरु त धेरै नै छ। अहिलेसम्म मेरो ३–४ वटा फिल्म मात्रै भएको छ। अधिकांश केसमा चाहीँ म फाइनल भइसकेपछि अभिनेत्रीको दबाबमा पनि हटाइएको छु।

१० त्यो सुन्दा त चित्त दुख्यो नि होला नि है?

त्यो त दुखी हाल्छ नि। तर पनि केहि छैन। आफ्नै बलबुताले चल्छु।

११ तपाई फिल्मबाट म्युजिक भिडियोमा आउनु भएको कलाकार हो। दुवैमा काम गर्न त गाह्रो होला नि है?

गाह्रो मान्ने खाल्को छैन म। एउटा रमाइलो घटना म तपाईलाई सुनाउन चाहान्छु। ‘कन्याराशी’को म्युजिक भिडियोको सुट्रिका लागि म मुस्ताङ पुगेको थिए। मसँग चर्चित कलाकारहरु पनि हुनुहुन्थ्यो। त्यो समयमा मैले अभिनय गरेको गीतहरु चलेका थिए। त्यहाँ उपस्थित हुनु भएको अधिकांशले तपाई यो गीतमा अभिनय गर्नु भएको कलाकार होइन भनेर मप्रति उहाँहरुले फोटो खिच्ने,खुशी हुने काम गर्नुभयो। त्यो देखेपछि फिल्म मात्र होइन,म्युजिक भिडियोमा पनि अभिनय गर्नुपर्छ। छोड्नुहुन्न भन्ने लाग्यो। त्यस कारण म दुवैलाई सँगैसँगै मिलाएर लैजान्छु।

१२ आफु टिक्नका लागि हो की भन्दा केहि फरक पर्ला र ?

पर्दैन। मैले दुवैलाई सँगसँगै लैजान्छु भन्ने रिजन नै त्यहिँ हो। नेपालको कन्डिसन हेर्ने हो भने टिक्न मुस्किल छ।

१३ अन्तमा आफ्ना दर्शकलाई केहि भन्नु छ?

मैले अभियन गरेको फिल्म ‘वसन्त’यहीँ चैत २२ गतेबाट देशभरका हलमा लाग्दैछ। हजुरहरुलाई के कस्तो लाग्छ,प्रतिक्रिया दिनु होला।

Leave A Reply

Your email address will not be published.