सुचना, समाचार र मनोरन्जन

तीनकुने घटनामा घाइते ७१ जना सुरक्षाकर्मी डिस्चार्ज

काठमाडौँ/

राजधानीको तीनकुनेमा शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घाइते भएकामध्ये ७१ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार नेपाल प्रहरीतर्फ ५० जना र सशस्त्र प्रहरीतर्फ २१ जना डिस्चार्ज भएका हुन् । यस्तै नेपाल प्रहरीका घाइते थप ५ जना र सशस्त्र प्रहरीका १ जनाको उपचार जारी छ ।

यस्तै घाइते कुल ५१ जना प्रदर्शनकारीमध्ये ३५ जना डिस्चार्ज भएका छन् । अन्यको उपचार जारी छ ।

Leave A Reply

Your email address will not be published.