सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री प्रचण्ड युगाण्डाबाट स्वदेश फर्कदा विमानस्थलका सबै उडान बन्द 

काठमाडौं :

युगाण्डाको कार्यक्रम सकेर नेपाल फर्कदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएका हुन्।

Chaka Panja

कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका रहेको छ । सोही बमोजिम नेपालका सबै उडान बन्द गरिएको हो।

दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको विमानस्थलका कर्मचारीले जानकारी दिएका छन्।

विमानस्थलका एक कर्मचारीका अनुसार भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडान÷अवतरण रोकिएको हो। यस बारेमा कार्यालयले ‘नोटाम’ जारी गरी जानकारी गराउने समेत बताइएको छ।

Leave A Reply

Your email address will not be published.