सुचना, समाचार र मनोरन्जन

प्रचण्डले सञ्जय दत्तको गरे अभिनयको प्रशंसा : के विषयमा भयो उनीहरुबीच कुराकानी?

काठमाडौं :

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बलिउड अभिनेता सञ्जय दत्तको प्रशंसक रहेको बताएका छन्। दत्तसँगको भेटघाटको तस्बिर सार्वजनिक गर्दै उनले भेटवार्ता अविस्मरणीय र रमाइलो भएको उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले चर्चित बलिउड फिल्म ‘मुन्नाभाइ एमबीबीएस’ मा सञ्जय दत्तको अभिनयको खुलेर प्रशंसा गरेका छन्।

प्रचण्डले लेखेका छन्, “हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविस्मरणीय रह्यो। ‘मुन्नाभाइ एमबीबीएस’ मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु। उहाँसँगको कुराकानी निकै रमाइलो भयो। उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ भन्ने आशा गर्दछु।”

अभिनेता सञ्जय दत्तले बिहीबार साँझ खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए। उक्त भेटलाई चासोका साथ हेरिएको छ। सञ्जय शुक्रबार बिहान पशुपति नाथको दर्शकपछि भारत फर्किसकेका छन्।

Leave A Reply

Your email address will not be published.