सुचना, समाचार र मनोरन्जन

नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप

काठमाडौं :

मलेसियामा आयोजित ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन्। हाउस अफ फेसन नेपालका अनुसार अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो उपलब्धि हासिल गरेकी हुन् ।

Chaka Panja

प्रतियोगितामा प्राचीले चौथो रनरअपको उपाधिसँगै ‘क्विन अफ एजुकेसन’ को विशेष सबटाइटलसमेत प्राप्त गरेकी छिन्। शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा महिलालाई शिक्षामार्फत सशक्त बनाउने विषयमा उनको प्रतिबद्धतालाई सम्मान गर्दै उक्त उपाधि प्रदान गरिएको बताइएको छ ।प्रतियोगिताको क्रममा प्राचीले आत्मविश्वास, शालीनता, दृढता र उद्देश्यपूर्ण प्रस्तुतिमार्फत नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनको सहभागिताले व्यक्तिगत उपलब्धिसँगै अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको उपस्थितिलाई समेत थप बलियो बनाएको हाउस अफ फेसन नेपालले जनाएको छ।

प्राचीको यो सफलतालाई नेपाली महिलाका लागि प्रेरणादायी उपलब्धिका रूपमा लिइएको छ। आफ्ना सीमालाई तोड्दै आत्मविश्वासका साथ अघि बढ्न, आफ्नो लक्ष्य पछ्याउन र छुट्टै पहिचान निर्माण गर्न उनको यात्राले प्रेरणा दिने अपेक्षा गरिएको छ। ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालका तर्फबाट सहभागिता जनाउँदै प्राचीले हासिल गरेको चौथो रनरअपको उपाधि नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि समेत महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.