सुचना, समाचार र मनोरन्जन
jaar

कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय विरुद्ध प्रर्दशन

विराटनगर/

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध विराटनगरमा पनि प्रदर्शन भएको छ ।

घिसिङका समर्थकले मंगलबार बेलुका विराटनगरमा पनि प्रदर्शन गरेका हुन् । घिसिङको पक्षमा देशभर प्रदर्शन भइरहेको छ ।

सोमबार मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । शाक्यले मंगलबार पदभार ग्रहण गरेका छन् ।

विराटनगरमा आन्दोलनका क्रममा घिसिङका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्रीविरुद्ध नाराबाजी गरे ।

घिसिङको बर्खास्ती विरोधमा मोरङको उर्लाबारीमा पनि आजै प्रदर्शन भएको थियो ।

Leave A Reply

Your email address will not be published.