सुचना, समाचार र मनोरन्जन
jaar

प्रदीप खड्का भन्छन्,‘नेपाली फिल्म फेमिली विजनेशजस्तो भइरहेको छ’

काठमाडौं :

अभिनेता प्रदीप खड्काले नेपाली फिल्म किराना पसल शैलीको फेमिली विजनेशजस्तो भइरहेको बताएका छन्। आइतबार आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किफ)को दोस्रो संस्करणको मिति घोषणा कार्यक्रममा आमा निर्देशक, बुबा निर्माता, छोराछोरी हिरो–हिरोइनमा फिल्म बनिरहेको तर्क गरेका हुन्।

कार्यक्रममा उनले भने,‘आजसम्म नेपाली फिल्म फेमिली विजनेशजस्तो भइरहेको छ । त्यो पनि किराना पसल शैलीको । १० बजेसम्म बुबा पसलमा बस्ने । १० बजे सन्तान स्कूल गएपछि आमा पसलमा बस्ने । ३÷४ बजे सन्तान फर्किएपछि उनीहरु पसलमा बस्ने अनि आमा घरभान्सा गर्न जाने जस्तो शैलीमा नेपाली फिल्म चलिरहेको छ । आमा निर्देशक, बुबा प्रोड्युसर, छोराछोरी हिरो–हिरोइन ।’

उनको भनाई को कता प्रति लक्षित थियो भन्ने कुरा धेरैले बुझेका थिए। उनको भनाई बुझे पनि हलभरि हाँसोले गुञ्जायमान बन्यो।

उनले थपे,‘हामीले ‘प्रकाश’को बेला शो पाएन भनेर धेरै भन्यौं । यो समस्या समाधान गर्न एउटा पोलिसी बनाउन जरुरी छ,’ उनले भने, ‘कोटा सिस्टम हाम्रो नेपालमा धेरै छ । ३०÷३५ प्रतिशत स्क्रिनमा शुक्रबार र शनिबार नेपाली फिल्मलाई आरक्षण गर्ने हो भने तीनवटा स्क्रिन भएको ठाउँमा नेपाली फिल्मले एउटा स्क्रिन अनिवार्य पाउँछ । त्यो हुँदा शोको समस्या नै हुँदैन ।’

Leave A Reply

Your email address will not be published.