सुचना, समाचार र मनोरन्जन

प्रदीप, आँचल र साम्राज्ञी सहित करिब एक दर्जन सेलिब्रेटी फेसन शोमा देखिने

काठमाडौंँ :

आँचल शर्मा, साम्राज्ञीराज्य लक्ष्मी शाह, मिरुना मगर,शिल्पा मास्के,प्रदीप खड्का,सोफिया भुजेल,निमेश कपालीलगायत करिब एक दर्जन सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएकी छन्। शनिबार (१४ डिसेम्बरमा) होटल याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’ फेसन शो यी सेलिब्रेटी शो टपरको रुपमा र्याम्पमा देखिने भएका हुन्।

हेल्दी च्वाइसद्धारा प्रस्तुत ‘ग्ल्याम नेपाल इन्टरनेशनल’ फेसन शोको पावर बाई ‘ले ग्ल्यामर’ र डिभन वाई ‘दीपल’ रहेको छ। फेसन शोमा पुरुष र महिला गरेर ३० मोडलले बिभिन्न पहिरनका आकर्षक डिजाइन र्याम्प प्रस्तुत गर्नेछन्।शोका लागि सबै मोडल अडिसन मार्फत छानिएका हुन्।
प्रारम्भ प्रोडक्सनको आयोजनामा हुन लागेको फेसन शोमा बिभिन्न ९ सिक्वेलमा स्वयंम गुरुङ, सेन्स अफ क्लिक, अफ, सम्राट कउचर, राइनो लेदर्स, आग्य खनाल,हुबा, अन्नस् कलेक्सन,वेरा बाई जारा,राजन शाह लगायतका डिजाइनर्सका आकर्षक र नबिनतम पहिरन र्याम्पमा देख्न मिल्ने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए।

फेसन शो ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो। नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको प्रारम्भ प्रोडक्सनको भनाई रहेको छ। शोमा कलाकार, ब्यवसायी लगायत बिभिन्न ब्यक्तिहरुको सहभागीता रहने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.