काठमाडौं :
अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ भिडियो पसल एपमा रिलिज भएको छ। निर्माण टिमले हालै एपमार्फत फिल्म रिलिज गरेको जानकारी दिएका हुन्। सामाजिक यथार्थमा आधारित ‘प्रकाश’मा गरेको अभिनयलाई लिएर अभिनेता खड्काको चौतर्फी तारिफ भएको थियो । फिल्म हेरेका अधिकांश दर्शकले फिल्मको कथावस्तु, सन्देश र कलाकारलाई पनि मन पराएका थिए।
कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको फिल्ममा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको सङ्घर्षको कथा देखाइएको छ। फिल्म प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल,दीपक शर्मा,तारा प्रकाश लिम्बु र एलिस कार्कीको सङ्गीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व सङ्गीत रहेको छ।
सबै स्मार्ट डिभाइसमा भिडियोपसल एप डाउनलोड गरी साथै वेभसाइट www.videopasal.comमा पनि फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २ .९९ डलर देखी ५ .९९ डलरसम्म विभिन्न प्याकेज लिई फोके गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ। उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, मेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ । यस एपमा फिल्म ‘प्रकाश’का अलावा ‘एक भागवत गीता’,‘ऐँचो पैँचो’, ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’, ‘मन्त्र’, ‘लाखे’ लगायतका फिल्महरु हेर्न सकिने छ।