सुचना, समाचार र मनोरन्जन

कंगना रनावत लोकसभाको निर्वाचनमा विजयी

काठमाडौं :

भारतको लोकसभाको चुवानमा बलिउड अभिनेत्री कंगना रनावत विजयी भएकी छन्। भारतीय जनता पार्टी (बीजेपी)को तर्फबाट उम्मेदवार बनेकी रनावतले लोकसभाको निर्वाचनमा विजेता बनेकी हुन्। उनी हिमाचल राज्यको मण्डी निर्वाचन क्षेत्रबाट उमेदवार उठेकी थिइन्।

भारतिय मिडियाका अनुसार उनले कांग्रेसका उम्मेदवार विक्रमादित्यलाई ७० हजारभन्दा बढी मतान्तरले हराएकी छन्। विजयी भइसकेपछि भारतिय मिडियासँगको कुराकानीमा आफुलाई जिताएको भन्दै मण्डीबासीलाई धन्यवाद दिएकी छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको विश्वासको रुपमा रहेको बताएकी छन्। कंगनाले पहिलो पटक चुनाव लडेकी हुन्। उनले ४२ जति फिल्ममा काम गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.