काठमाडौं :
केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी गायिका अञ्जु पन्तकी छोरी पारितोषि अभिनय सिकिरहेक िछन्। उनी मण्डला नाटकघरमा ३ महिनाको अभिनय कोर्स गरिरहेकी छन्। उनलाई अभिनेता बुद्धि तामाङ लगायतका कलाकारहरुले अभिनय कला सिकाइरहेका छन्। उनी अभिनेत्रीमा डेब्यु गर्नका लागि तयारी अवस्थामा लागिरहेकी छन्।
उनको फिल्ममा चाँडै डेब्यु गर्ने चाहाना रहेछ। शनिबार गोपिकृष्ण मुभिजको अवार्ड कार्यक्रममा आमाको अवार्ड लिन उपस्थित भएकी उनले फिल्ममा काम गर्ने चाहाना रहेको बताईन।
पत्रकारसँगको कुराकानीमा उनले आफुलाई अभिनेता प्रदीप खड्काको जोडी बनेर अभिनय गर्ने चाहाना रहेको बताईन। सोही कार्यक्रममा उपस्थित भएका प्रदीपसँग भेटे पनि उनीहरुबीच कुराकानी भएको देखिएन। तर अगाडि नै रहेका प्रदीपलाई देखेकी परितोषिकाले उनको नाम लिएकी थिइन्।
उनले प्रदीपको तारिफ गर्दै आफुलाई एकदमै मनपर्ने अभिनेता भएको बताईन्। उनले थपिन्,‘उहाँसँगै फिल्म डेब्यु गर्न पाए सुनमा सुगन्ध’हुने थियो।’
तस्वीर सौजन्य : गोपिकृष्ण चापागाईं