काठमाडौँ :
पोखरा महानगरपालिका वडा नं. ४ का निर्वाचित वडा सदस्य प्रकाश कोइरालाले नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सहसचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। स्थानीय तह निर्वाचनमा अत्यधिक मतका साथ विजयी भएका कोइरालाले पार्टी सङ्गठनलाई समयसापेक्ष र गतिशील बनाउने उद्देश्यसहित उम्मेदवारी दिएका हुन्।
प्रतिनिधि तथा जनप्रतिनिधिका रूपमा जनतासँग प्रत्यक्ष जोडिएर हासिल गरेको अनुभवलाई पार्टी रूपान्तरणमा लगाउने प्रतिबद्धता प्रकाश कोइरालाले व्यक्त गरेका छन्। उनले पार्टीभित्र युवाको सक्रिय सहभागिता, उद्यमशीलताको प्रोत्साहन र स्थानीय अर्थतन्त्रलाई सबल बनाउने विषयलाई आफ्ना प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
कोइरालाले कास्की क्षेत्र नं. २ मा कांग्रेसलाई ऊर्जावान् र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँदै क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरूसँग सहयोगको अपिल गरेका छन्।