काठमाडौँ,
नेपाली कांग्रेसले भिजिट भिसाका विषयमा गृहमन्त्री रमेश लेखकले संसद्मा आफ्ना कुरा राख्ने बताएको छ । सोमबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले सो कुराको जानकारी दिएका हुन् ।
भिजिट भिसामा सेटिङ भएको विषयमा पार्टी नेता तथा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको समेत उनले बताए । गृहमन्त्री लेखकको बयान सुनेपछि बैठक उनी यो प्रकरणमा संलग्न नभएको निष्कर्ष निकालेको बताउँदै उनले संसद्मा र संसद् बाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न निर्देशन दिइएको समेत बताए ।
कांग्रेसले गृहमन्त्री लेखकलाई ‘संसद्भित्र र संसदबाहिर आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न हामीले निर्देशन दिएका छौँ’ प्रवक्ता महतले भने ।