काठमाडौँ,
धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गे खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको छ । डाइभर्सनको काम भइरहेको महादेववेशी प्रहरी चौकी धादिङले जनाएको छ ।
बाटो बन्द हुँदा अहिले काठमाडौँ भित्रने र काठमाण्डौबाट बाहिरीएका गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् । पुरानो पुल चर्केको र छेवैमा भ्वाङसमेत परेकाले अहिले गाडी आवागमन पूर्णरुपमा रोकेर डाइभर्सनको काम भइरहेको प्रहरीले जनाएको छ ।