सुचना, समाचार र मनोरन्जन
jaar

फिल्ममा काम पाउँदा लोकगीतलाई हेला गरेकी प्रियंकाको लोकगीतमै बढ्यो व्यस्तता

काठमाडौं :

अभिनेत्री प्रियंका कार्कीले कुनै समय लोकगीतमा नाच्दिन भनेको चर्चा चलेको थियो। सालको पात टपरी हुने बोलको गीतमा प्रियंकाले खेल्न नमानेको भन्दै सामाजिक सञ्जालदेखि समाचार समेत बन्यो। त्यतिबेला प्रियंकाको हातमा फिल्म नै फिल्म थियो। अहिले उनको हातमा बल्ल एउटा ‘माइली’ परेको छ। त्यो बाहेक उनी म्युजिक भिडियोमा नै कम्मर मर्काउन व्यस्त छिन्।

फिल्म नभएपछि बेरोजगार जस्तै बनेकी प्रियंका पछिल्लो समय म्युजिक भिडियोमा भए पनि आफुलाई व्यस्ततामा राखेकी छन्। सोही क्रममा उनले दुर्गेश थापाको नयाँ तीज गीत ‘झुम्का हरायो’मा छमछमी नाचेकी छन्। आइतबार गीतको प्रीमियरमा उपस्थित भएकी प्रियंकाको व्यस्तता निकै बढेको देखियो। उनी रियालिटी शो रोडिज्बाट सिधै गीतको प्रिमियरमा आइपुगेको बताईन्न। छोटो पहिरनमा उपस्थित भएकी प्रियंकाले दुर्गेश थापासँग काम गर्न पाउँदा खुसी लागेको बताइन्। उनले दुर्गेशसँग आफ्नो जोडी सुहाएको तर्क गरिन्।

उनले भनिन्,‘यो टिमसंग काम गर्ने मौका मिल्यो, नाच्दाखेरी कता कता हाम्रो सबै खाले कुराहरु मिलेको छ, जोडी पनि मिलेको छ, यो भिडियो हेर्दा म आफैँ छक्क परेकी छु।’

यस गीतमा लय तथा शब्द गायक दुर्गेश थापाकै छ भने गायिका शान्तिश्री परियार र पशुपति शर्माको स्वर रहेको छ । साथै यो गीतमा दुर्गेश थापा, प्रियंका कार्की, गरिमा शर्मा, पेमा लामा आदि कलाकारको अभिनय रहेको छ । केहि दिन अघि गीत ‘माछी’को भिडियो रिलिज कार्यक्रममा पनि उपस्थित भएकी थिइन्। जहाँ उनले आफुले लोकगीत नखेल्ने भनेर कहिल्यै नभनेको भन्दै स्पस्टिकरण नै दिइन्।

Leave A Reply

Your email address will not be published.