सुचना, समाचार र मनोरन्जन

घर बसीबसी गर्नुस् प्रतिस्पर्धा,जित्नुस मासिक पुरस्कार

काठमाडौं :

इट इज माइ ट्यालेन्ट नेपाल सिजन–१ को जुलाई महिनाको बिजेता गिनीज अधिकारी भएका छन्। आईआईएमटी नेपालले डिजिटल माध्यमबाट मासिक रुपमा आयोजना गरिरहेको प्रतियोगीताका बिजेता गिनीजले नगद पुरस्कार ५० हजार रुपैयाँ,प्रमाणपत्र तथा विशेष अन्तर्वार्ताको अवसर प्राप्त गरेका छन्।

प्रतिभा प्रदर्शन गर्न ठूला सहर धाउनुपर्ने, महङ्गो यात्रा तथा बसोबास खर्च बेहोर्नुपर्ने र लामो अडिसन प्रक्रियामा सहभागी हुनुपर्ने परम्परागत अभ्यासलाई सहज बनाउदै आईआईएमटी नेपाल (इट इज माइ ट्यालेन्ट)ले डिजिटल माध्यमबाट देशभरका प्रतिभालाई समान, निष्पक्ष र लोकतान्त्रिक अवसर प्रदान गर्ने उद्धेश्यले अभियान अघि बढाएको हो। गायन, नृत्य, अभिनयलगायत विभिन्न विधामा प्रतिभाको खोजी, पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको प्रतियोगीतामा इच्छुक प्रतियोगीले नेपालको जुनसुकै स्थानबाट पनि आफूमा निहित प्रतिभा मोबाइल वा क्यामेरामार्फत तयार गरी अनलाइन माध्यमबाट पठाएर सहभागी जनाउन सक्ने प्राबधान राखिएको छ।

परम्परागत खर्चिलो भौतिक अडिसन तथा सहभागीतालाई तोड्दै आयोजक संस्थाले डिजिटल प्रविधिको प्रयोगमार्फत घरमै बसेर आफ्नो प्रतिभाको भिडियो तयार गरी प्रतिस्पर्धामा सहभागी हुन सक्ने ब्यबस्था मिलाएको हो। जसबाट इच्छुक जोकोही प्रतिभाले पनि सहजै प्रतियोगीतामा भाग लिन सक्दछन।

प्राप्त प्रस्तुतिहरू आईआईएमटीका निर्धारित मापदण्डअनुसार समीक्षा गरिने र योग्य प्रस्तुति आधिकारिक डिजिटल मञ्चमा सार्वजनिक गरिने र दर्शकको छनौट र मतअनुसार बिजेता घोषणा गरिने प्राबधान राखिएको आयोजक संस्थाले जनाएको छ। ‘प्रतियोगिताको निर्णय कुनै एक व्यक्ति वा निर्णायक मण्डलको व्यक्तिगत रोजाइमा मात्र निर्भर नहुने र आधिकारिक मतदान तथा सहभागिता प्रणालीमार्फत दर्शकको समर्थनलाई समेत आधार बनाइने गरिएको छ,’, संस्थाले जनाएको छ।

आईआईएमटी नेपालकाअनुसार विजेता छनोट दर्शकको स्वाभाविक तथा वास्तविक समर्थन र आईआईएमटीको आधिकारिक मतदान तथा सहभागिता प्रणालीमार्फत प्राप्त वास्तविक सहभागिताका आधारमा गरिनेछ। कृत्रिम रूपमा बढाइएको मतदान वा सहभागितालाई मान्यता दिइने छैन। यस व्यवस्थाले प्रतियोगितामा वास्तविक दर्शक,समर्थनलाई प्राथमिकता दिदै प्रतिस्पर्धालाई निष्पक्ष र पारदर्शी बनाउने बिश्वास आयोजक छ । एउटै डिजिटल मञ्चमा देशका विभिन्न ठाउँबाट आएका प्रतिभाले आफ्नो प्रस्तुति सार्वजनिक गर्ने अवसर पाउने र आफूलाई मन परेको प्रतिभालाई दर्शकले प्रत्यक्ष रूपमा समर्थन गर्न सक्ने भएकाले प्रतिभा छनोटको प्रक्रिया जन सहभागितामूलक बन्ने संस्थाको अपेक्षा छ।

प्रतियोगितालाई थप रोचक, प्रतिस्पर्धात्मक तथा सहभागितामूलक बनाउने उद्देश्यले अगस्ट २०२६ देखि आईआईएमटी गोल्डेन एरो अवार्ड र आईआईएमटी बुल्सआई अवार्ड समेत सुरु गर्न लागिएको छ। आईआईएमटी नेपालले देशभर रहेका गायक, डान्सर,अभिनेता तथा विभिन्न विधाका प्रतिभाशाली व्यक्तिहरूलाई आगामी प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रस्तुत गर्न आह्वान गरेको छ। साथै,आफ्नो गाउँ, टोल,सहर तथा क्षेत्रका प्रतिभालाई अगाडि बढाउन स्थानीय समुदाय,परिवार,साथीभाइ तथा शुभेच्छुकको भूमिका महत्वपूर्ण हुने भन्दै आईआईएमटीले प्रतिभालाई समर्थन गर्न सबैमा आग्रह गरेको छ।

इच्छुक प्रतिभा र समर्थकले आयोजक आईआईएमटी नेपालको आधिकारिक युट्युब च्यानल- ItIsMyTalent Nepal मार्फत प्रतियोगीका प्रस्तुति हेर्न,आफूलाई मन परेको प्रतिभालाई समर्थन गर्न तथा उनीहरूको प्रस्तुति थप दर्शकमाझ पुर्‍याउन सहयोग गर्न सक्नेछन्। प्रतियोगीका प्रस्तुति तथा विजेता घोषणासहितका सामग्री सोही युट्युब च्यानलमा नियमित रूपमा प्रशारण हुदै आइरहेको छ। प्रतियोगीतामा सहभागी हुन र थप जानकारी लिन https://itismytalent.com मार्फत सकिने छ।

Leave A Reply

Your email address will not be published.