सुचना, समाचार र मनोरन्जन

उपासनालाई लिएर चार करोडमा हरर फिल्म ‘भिडियोटेप’बन्ने

काठमाडौँ :

एप्पल इन्टरटेन्मेन्टको व्यारनमा निर्माण हुन लागेको नयाँ फिल्म ‘भिडियोटेप’को आज एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको छ। ललितपुरको लाबिम मलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ओविद उद्दिनको निर्देशनमा तयार हुन लागेको फिल्मको घोषणा गरिएको हो ।
हरर जनराको यो फिल्मलाई भदौ ५ गतेबाट उपल्लो मुस्ताङमा खिचिनेछ। ३० दिनसम्म फिल्मको छायांकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो। यो फिल्ममा नायिका उपासना सिंह ठकुरीको साथमा नायक कुन्दन मान शाक्यको मुख्य भूमिका रहनेछ । फिल्ममा अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जिवन अधिकारी, शेखर चापागाँई, सिद्धार्थ सिंह लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ। फिल्ममा वशिष्ट प्रधानको डीओपी रहनेछ । फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन्।

निर्देशक ओविदले भने–‘म सानैदेखि हरर जनराका फिल्म हेरेर हुर्किएको हुँ। यसैले, आफ्नो डेब्यू फिल्ममा पनि यही जनरालाई अगाडि बढाएको छु । यो कथा काल्पनिक बिषयमा आधारित छ । कुनै पनि वास्तविक घटनासँग मिल्दैन ।’

नायिका उपासना सिंह ठकुरीले फिल्मका बिषयमा भनिन्–‘एक वर्ष अगाडिदेखि नै यो फिल्मको बिषयमा कुराकानी भइरहेको थियो। कथावस्तु निकै नै राम्रो छ । अब हामी फिल्मको छायांकनमा जाँदैछौं । एकदमै उत्साहित छु ।’

यस्तै, नव–नायक कुन्दनले फिल्मलाई लिएर आफू निकै नै उत्साहित भएको बताए। फिल्मलाई ४ करोडको बजेटमा निर्माण गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो। फिल्ममा महेश बरालको मुख्य सहायक निर्देशन रहनेछ। कार्यक्रममा बोल्दै एप्पल इन्टरटेन्मेन्टका प्रमुख नकिम उद्दिनले नयाँ टिमलाई साथ दिन सबैसँग आग्रह गरेका थिए।

Leave A Reply

Your email address will not be published.