सुचना, समाचार र मनोरन्जन

फिल्म ‘३६ को आँकडा’पछि पूजा र पुष्पको जोडी ‘एक्का तीन’मा

काठमाडौं :

फिल्म ‘महाराज धिराज’मा अनुबन्ध रहेका पुष्प खड्का अर्को एक फिल्ममा अनुबन्ध भएका छन्। उनी आउँदो वर्षको जेठ महिनाबाट सुटिङ हुने फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएका हुन्। यसअघि यो फिल्ममा पूजा शर्मा अनुबन्ध भइसकेकी छन्। यस फिल्मलाई रुपेश तामाङले निर्देशन गर्न लागेका हुन्।

उनी यस फिल्मको धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेका छन्। सोही क्रममा पुष्पलाई निर्देशक तामाङले अनुबनध गरेका हुन्। यस फिल्ममा पुष्प र पूजाको जोडी हुने छ। यो फिल्मलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ। फिल्ममा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन।

निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ। सुमन गजमेरले यो फिल्मको कथा लेखेका हुन्। फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन्। हालै पुष्प र पूजाले फिल्म ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.