सुचना, समाचार र मनोरन्जन

कतार सरकारद्वारा नेपाललाई राहत सहयोग

काठमाडौँ,

रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ।

Chaka Panja

बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज आज अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो अवसरमा नेपालका लागि कतारी राजदूत मिशाल मोहम्मद अल अन्सारीले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

नेपालस्थित कतारी दूतावासका अनुसार भोटेकोशी –त्रिशूली बाढीका कारण ठूलो धनजनको क्षतिसहित दुःखमा रहेको नेपाललाई सान्त्वनासहित अत्यावश्यक राहत सामग्री पठाइएको हो । रसुवा बाढीपछि नौ सयभन्दा बढीको शव फेला परेको, सयौँ व्यक्ति घाइते भएको, करिब पाँच हजार मानिस बेपत्ता भएको र नदी तटीय क्षेत्रका बासिन्दाको बासस्थानसहित जग्गा जमिन बगरमा परिणत भएको यस विषम अवस्थामा मित्रराष्ट्र कतारका तर्फबाट नेपाललाई अत्यावश्यक सहयोग प्राप्त भएको हो ।

Leave A Reply

Your email address will not be published.