सुचना, समाचार र मनोरन्जन

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा

काठमाडौँ,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गैर कानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ ।

सँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराइसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिटमाथि पनि पेसी तोकिएको छ । यी तीन रिट लगाउमा राखिएको छ ।

यद्यपि आज पनि उक्त मुद्दा हेर्न नमिल्नेमा जाने पक्का भएको छ । इजलास तोकिएका न्यायाधीश पोखरेल अधिवक्ता हुँदा लामिछानेका तर्फबाट विभिन्न मुद्दामा बहस गरेकाले यसअघि पनि उक्त रिट हेर्न नमिल्नेमा गएको थियो ।

वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।

वैशाख ८ गते उक्त रिट हेर्न नमिल्ने भएकोमा वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । त्यसयता यसअघि तीनपटक पेसी तोकिएकोमा तीनै पटक हेर्न नमिल्ने भएको थियो ।

Leave A Reply

Your email address will not be published.