सुचना, समाचार र मनोरन्जन
tigar

रबि लामिछानेको बयान सकियो, आज पोखरा फिर्ता पठाउने तयारी

काठमाडौं/

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्साको वीरगञ्ज पुर्‍याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग हिजो जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा झण्डै चार घण्टा बयान लिइएको छ।

सरकारी वकिलको कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिनुभएको हो । सरकारी वकिलको कार्यालयमा बयान सकेर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

sfal

सहकारीको रकम हिनामिना प्रकरणमा गएको कात्तिक २ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमवार बेलुका सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि वीरगञ्ज लगिएको थियो । उनलाई आज पोखरा फिर्ता पठाउने तयारी छ ।

सहकारी ठगी प्रकरणमै लामिछानेलाई अनुसन्धानका लागि यसअघि रुपन्देही, काठमाण्डौ र चितवन लगिएको थियो । यसैबीच अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले हिजो रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

अनुसन्धानको क्रममा रहेका लामिछानेको विषयलाई जोडेर अदालतको अवहेलना हुनेगरी सार्वजनिकरूपमा अभिव्यक्ति दिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी निवेदन दायर गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.