पोखरा/
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश हिमलाल बेलवासेको इजलासले थप ४ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको हो ।
लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले सरकारी वकिलमार्फत् अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । त्यसको भोलिपल्ट ३ गतेबाट उनी कास्की प्रहरीको हिरासतमा छन् ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अझै अनुसन्धान नसकिएको भन्दै अदालत लगिएको प्रहरीको भनाइ छ ।