पोखरा/
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था पुनर्स्थापना लागि नेपाली सेनाले निर्णय लिनुपर्ने बेला आएको बताएका छन् । पूर्व सेनापतिहरूकै कारण देशबाट राजसंस्था हटेकोमा गुनासो गर्दै उनले सेनाकै निर्णयबाट राजसंस्था फर्किन सक्ने बताएका हुन् ।
अहिले पूर्वराजाबाट आफूलाई साथ दिन आह्वान गरेको अवस्थामा सेनाले गहन समीक्षा गर्नुपर्ने उनले सुनाए । सेनासँगै राजसंस्था पुनर्स्थापना लागि उनले प्रहरी र अन्य सुरक्षा निकायको पनि साथ खोजेका छन् ।
पोखरामा राप्रपाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले राजाको वरिपरि हुँदा राजावादी भन्ने र चुनावमा पूरानै पार्टीहरूलाई भोट हाल्ने परिपाटीबाट माथि उठ्न आग्रह गरे ।