पोखरा/
पोखरा महानगरपालिका १२ नम्बर वडा कार्यालयले अचार बनाउने तालिम आयोजना गरेको छ । तालिमको उद्देश्य वडा भित्रका महिलाहरुलाई आयआर्जनका लागि नयाँ सीप सिकाउनु हो । यस तालिमको उद्देश्य महिलाहरुलाई आय आर्जनको अवसर सिर्जना गर्दै सीप प्रदान गर्नु हो । यस तालिमले महिलाहरुलाई व्यक्तिगत र सामाजिक दृष्टिले फाइदाजनक हुनेमा विश्वास गरिएको छ ।
वडा अध्यक्ष सन्तोष बास्तोलाले यो तालिमको उद्देश्य महिलाहरुलाई आर्थिक रूपले सशक्त बनाउन र घरै बसेर आय आर्जन गर्ने अवसर प्रदान गर्नु भएको बताए ।
तीन दिनसम्म चल्ने उक्त तालिमको कार्यक्रम संयोजक वडा सदस्य शान्ती कोइरालाले गर्नुभएको थियो । वडा सचीव सारदा सापकोटाले कार्यक्रमको संचालन गर्नुभएको थियो । तालिम प्रशिक्षक गायत्री नेपालीले अचार बनाउन विभिन्न प्रक्रिया र टिप्स सिकाउनु भएको थियो । यस तालिमले महिलाहरुको आत्मनिर्भरता र आय आर्जनको नयाँ मार्ग प्रशस्त गर्ने लक्ष्य राखेको छ।