Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन
- प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ
- पोखराको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ
- को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु
- पूजा गुरुङ र जश्मिन श्रेष्ठको ‘हली’टिजरमा झल्कियो दर्दनाक घटना
- मदरल्याण्ड माविका ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए
- प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत
- पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन
- ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज
- तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा
सुरेश र रचनाले ल्याए ‘अल्झिएको हुन्छु म’
काठमाडौं :
गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनु बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन्।
अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन्। भिडियोलाई दिन्सन शाहले सम्पादन रहेको छ। भिम न्यौपानेको निर्देशनमा भिडियो तयार पारिएको हो। न्यौपाने निर्देशित यो पहिलो म्युजिक भिडियो हो। व्यवसायी, फिल्म निर्माता एवम कलाकार समेत रहेका न्यौपानेले यसअघि चलचित्र निर्माण तथा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्।
बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।
Prev Post
Next Post