काठमाडौँ,
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा क्रमशः रकम वृद्धि हुँदै गएको छ । भोटेकोशी नदीमा आएको बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दाताहरुले रकम जम्मा दाखिला गर्न उत्साहित भएका कारण कोषमा रकम बढ्दै गएको हो।
लिस्बन (पोर्चुगल)स् पोर्चुगलबाट होटल व्यवसायी राजकुमार गौतमले आज रु पाँच लाख आर्थिक सहयोग गर्नुभएको छ । उहाँले सो रकम पोर्चुगलबाटै आज प्रधानमन्त्री राहत कोषमा दाखिला गर्नुभएको हो । उहाँ होटल व्यवसायी हुनुहुन्छ ।
काभ्रेपलाञ्चोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ९प्याब्सन० काभ्रे, शाखाले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ३२ लाख ४६ हजार ७५२ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेको छ ।
प्याब्सन पनौतीले रु ११ लाख २४ हजार ३३, प्याब्सन पाँचखालले रु तीन लाख सात हजार ४८४ र बनेपा नगर प्याब्सनले रु १७ लाख ५२ हजार २३५ सहयोग गरिएको प्याब्सनका उपमहासचिव भीमसेन केसीले बताउनुभयो ।
पर्साः वीरगञ्ज महानगरपालिका– १० को शिवम् बचत तथा ऋण सहकारी संस्थाले रु दुई लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा दाखिला गरिएको अध्यक्ष शिवजीप्रसाद कलवारले बताउनुभयो ।
कपिलवस्तुः तौलिहवास्थित कालिका स्वावलम्बन सामाजिक केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ५५ हजार सहयोग गरेको केन्द्रका अध्यक्ष मन्दिप सिंहले बताउनुभयो ।
तनहुँः तनहुँ समाज, युकेले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु १० लाख १९५ सहयोग गरेको छ ।
समाजले बेलायतमा सङ्कलन गरेको उक्त रकमको चेक आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको तनहुँ समाज युकेका उपाध्यक्ष निर्मला थापाले जानकारी दिनुभयो ।