सुचना, समाचार र मनोरन्जन

‘सम्झनाका पल’ सार्वजनिक, श्रोताबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं :

नेपाली संगीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ सार्वजनिक गरिएको छ। राज टाइगरको शब्द, वसन्ती लामाको संगीत र गायक बिबेक डोङको स्वर रहेको गीतमा प्रेमिकाको मृत्यु र सम्झनाका भावलाई समेटिएको छ।

गीतको भिडियोमा सूर्य कुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । अमर ओली निर्देशित भिडियोको सम्पादन ज्ञानकुमार कट्टेलले गरेका हुन् भने रंग संयोजन पदम सुवेदीले, मेकअप मिरा लामाले र पोस्ट–प्रोडक्सन सदिक्षा फिल्म्सले गरेका छन्।

गोविन्द सोनीको मिक्सिङ/माष्टरिङ र विशाल योञ्जनको रेकर्डिङमा तयार भएको गीत मुर्चुंगा स्टुडियोमा रेकर्ड गरिएको हो। अडियो तथा भिडियो दुवैलाई सदिक्षा फिल्म्सले प्रस्तुत गरेको छ।

सार्वजनिक भइसकेको गीतलाई संगीतप्रेमीहरूले जीवनका भावुक क्षण सम्झाउने सिर्जना भन्दै प्रशंसा गरेका छन्। भिडियो सदिक्षा फिल्म्सको युट्युब च्यानल मार्फत उपलब्ध छ।

Leave A Reply

Your email address will not be published.