सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मायावी’मार्फत निर्माता बन्दै राज कटुवाल

काठमाडौं :

अभिनेता राज कटुवाल अब निर्माता बन्ने भएका छन्। फिल्म ‘लीला’ र ‘लालटिन’मा लगायत म्युजिक भिडियोमा अभिनय गरेका उनी निर्माता बन्न लागेका हुन्।

उनी दिवाकर भझ्राईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मार्फत निर्माणमा पाइला चाल्न लागेका हुन् । चलचित्र विकास बोर्डका निवर्तमान सदस्य समेत रहेका राज फिल्म निर्माणमा आउदा निकै हर्षित रहेको जानकारी दिएका छन्।

प्रेमकथा रहने यस फिल्मका लागि मुख्य अभिनेत्री दीपिका प्रसाई र मुख्य नायकहरुमा पल शाह, सुशील सिटौला र मोडल समिम खान अनुबन्धित भइसकेका छन् । यसै फिल्ममार्फत पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् भने समिमले यो फिल्मबाट डेब्यू गर्दैछन्।

फिल्ममा निर्देशक भट्टराई स्वयंको कथा रहनेछ । भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्दैछन् ।
क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका बाँकी कलाकार र प्राविधिकको सम्पूर्ण जानकारी दिर्दै निर्माणपक्ष असोज २ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको छ । फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने भएको छ । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.