सुचना, समाचार र मनोरन्जन
IVF New Banner

‘नाङ्गो गाउँ’लाई प्रिमियरमा प्रशंसा : राजेश भन्छन्,‘दयाको अभिनय हर्क,बालेन र गोपीको झल्को’

काठमाडौं :

दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’लाई प्रिमियरमा फिल्मका मुख्य कलाकारको प्रशंसा भएको छ । बुधबार बेलुका सितापाइलास्थित सीके सिनेमाज् हलमा भएको रेड कार्पेट प्रिमियरमा उनीहरुको अभिनयको तारिफ भएको हो।

Safal

राजनीतिक विषयवस्तुमा निर्माण भएको फिल्ममा अभिनेत्री दीपाश्री निरौला,जितु नेपाल,नरेश पौडेल लगायतहरुले फिल्मको प्रशंसा गरेका हुन्।

IVF Post

गायक राजेशपायल राईले फिल्ममा नेपाली समाजमा भइरहेका घटनाहरुलाई पर्दामा हेर्दा एकदमै राम्रो बनेको भन्दै प्रशंसा गरेका छन्। उनले फिल्मका मुख्यकलाकार दयाहाङको भूमिकाले बालेन शाह, हर्क साम्पाङ राई र गोपी हमालको झल्को मिल्ने बताए।

प्रिमियरपछि दयाहाङ राई,मिरुना मगर र साम्राज्ञी राज्य लक्ष्मी शाह उत्साहित देखिएका थिए । फिल्म हेरेपछि अभिनेत्री शाहले आफ्नो भुमिका चित्त बुझ्दो लागेको भन्दै सुटिङका अनुभव साटेकी थिइन्। फिल्मका प्रस्तुतकर्ता हिमाल कडरिया हुन् भने निर्माता जय श्रेष्ठ , कार्यकारी निर्मातामा रामहरि श्रेष्ठ छन् ।

Leave A Reply

Your email address will not be published.