सुचना, समाचार र मनोरन्जन
IVF New Banner

म यो कुरामा निकै जिद्दी छु : अभिनेत्री सुहाना थापा

काठमाडौं :

फिल्म ‘एक भगवत गीता’को नामले विवाद उठेपछि निर्माण टिमले नराम्ररी तनाव झेल्नु पर्यो। फिल्मको रिलिज मिति नजिकिदै गर्दा हिन्दूवादी संगठनहरुले फिल्म चल्नै नदिने चेतावनी दिए। फिल्म रिलिज नहुनेसम्मको तनाव झेलेको निर्माण टिमले अन्ततः नाम परिवर्तन गर्न बाध्य भयो।

Safal

यस विषयमा फिल्मकी मुख्य अभिनेत्री तथा निर्माता समेत रहेकी सुहाना थापाले आफुलाई च्यालेन्जिङ काम गर्न मन लाग्ने र आफूलाई हार मान्न नै नआउने बताईन्। यस फिल्मको गीत एक गीत रिलिजको क्रममा उनले फिल्म रिलिजको यो कुरा बताएकी हुन्।

IVF Post

फिल्मको विवादमा परिरहँदा कहिलेकाही दिक्क लाग्दैन भन्ने पत्रकारको प्रश्नमा उनले आफु जिद्धी रहेको र हार मान्न नआउने बताईन्।

‘होइन, म यो कुरामा निकै जिद्दी छु । मलाई हार मान्न नै आउँदैन । ए मेरो हजुर ४ को समयदेखि फिल्म रिलिजमा लफडा भएको हो’,उनले उत्साहित हुँदै भनिन,‘तर, यसपछि अब त झनै छाड्दिनँ भन्ने सोच आयो । अनी, एक भागवत् र एक गीता निर्माण गर्यौं ।’

यस अघि उनी अभिनित फिल्म ‘ए मेरो हजुर ४’को समयमा ‘केजीएफ २’ रिलिज हुँदा पनि विवाद चर्किएको थियो। उनी आफुलाई यस्तो विवादले खासै फरक नपार्ने दाबी गर्दै च्यालेन्जिङ काम गर्न रुचाउने बताईन। झरना थापा निर्देशित यो फिल्ममा विपिन कार्की, धिरज मगर र सुहाना थापा मुख्य भूमिका रहेको छ भने सुनिल कुमार थापाले लगानी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.