सुचना, समाचार र मनोरन्जन

‘नरसिंहा : अवतार’मा खेल्नका लागि राजी हुनुको कारण सुनाए राजेशले

काठमाडौं :

अभिनेता राजेश हमालले ८ वर्षको ब्रेकपछि फिल्म ‘नरसिंहा : अवतार’मार्फत दर्शकमाझ फर्किएका छन्। उनले रियालिटी शो तथा टेलिभिजन कार्यक्रम चलाएता पनि ठुलो पर्दाको हलमा भने लामो समयको अन्तरालमा फर्किएका हुन्। उनले यो फिल्म खेल्नका लागि सुरुको समयमा इन्कार गरेको बताएका छन्। प्रकाश सुवेदीको रजतपट कार्यक्रममा आफुले निर्देशक दीवाकर भट्टराईलाई पटक पटक म नै चाहिन्छ र भन्दै फर्काएको र पछि स्क्रिप्ट बलियो भएपछि अभिनय गर्न राजी भएको बताएका हुन्।

उनले भने,‘अन्तिम प्वाइन्टसम्म पनि मैले दिवाकरजीलाई मेरो आवश्यक छ र? म चाहान्थे कि डाइरेक्टर सावले तपाई नै चाहिन्छ भन्नुभयो भने कहीँ न कहीँ चरित्रमा मलाई नै एकदम फिट ठान्नु भएको अपसन भन्ने हुन्थ्यो। अनि कुराकानी गर्दै जाँदा त्यहीँ नै भन्नुभयो। अनि दिवाकारजी नौलो कुरा होइन मेरो लागि।’

उनले निर्देशक दीवाकर भट्टराईलाई पटक पटक स्क्रिप्ट पढेर कहाँ के भएन सच्याएर ल्याउनुहोस् भनेको र सोही अनुसार सच्चिएको बताए। राजेशले यो फिल्मका लागि निर्देशक र लेखकलाई स्क्रिप्ट पढ्दै पटक पटक मिलाउन आग्रह गरेको सुनाए।

उनले अगाडि भने,‘हरेक समयमा उहाँहरु (निर्देशक भट्टराई र कलाकार राज कटुवाल)सँग भेट्ने। एउटा संस्मरण पढिसकेपछि अनि यसको क्लाइमेक्स अझ अधुरो छ नि। त्यसलाई अझ कम्प्लिट बनाउनुहोस् न भनेपछि उहाँहरुले कम्प्लिट बनाएर ल्याउनु भयो। त्यो पनि पढे। एकदम पाटोपाटो गरेर पढ्यौँ,छलफल गर्यो।’

यस फिल्ममा उनको जोडीका रुपमा अभिनेत्री नीति शाह रहेकी छन्। त्यस्तै अर्का अभिनेता राज कटुवालको अपोजिटमा सनिशा भट्टराईलाई कास्ट गरिएको छ। त्यसै गरि यो फिल्ममा प्रशान्त ताम्राकार खलपात्रको रोलमा छन्। फिल्ममा राजेश,राज,नीति,सनिशाका अलवा नीर शाह, सरोज खनाल, उषा खड्गी लगायतको पनि महत्वपूर्ण भुमिका रहेको छ।

क्रिएटिभ सिने आर्टको ब्यानरमा यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुब न्यौपाने निर्माता हुन्। ‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि अर्थात आउने शुक्रबाट प्रदर्शन हुँदैछ।

Leave A Reply

Your email address will not be published.