सुचना, समाचार र मनोरन्जन

राजेश हमाललाई कमव्याक गर्नै कठिन,बल्ल भए नयाँ फिल्ममा अनुबन्धित

काठमाडौं :

महानायक राजेश हमाललाई नेपाली फिल्म क्षेत्रमा फर्किन झन्डै ८ वर्ष लाग्यो। उनलाई नेपाली फिल्ममा फर्किन लागि समय र साइत हेर्ने हो भने ८ वर्षको अन्तरालमा निर्देशक दीवाकर भट्टराईले फर्काउने चेष्टा गरेका छन्। आइतबार हमाललाई निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित गरेका हुन्।

Pach Pandav

अभिनेता हमालका अनुसार आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो। हमालले आइतबार नै साँझ नै आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत नै आफुले फिल्म खेल्न लागेको जानकारी दिएका हुन्। उनले सेयर गरेको तस्वीरमा निर्देशक भट्टराईका अलवा अभिनेता राज कटुवाल पनि देखिएका छन्।

अभिनेता हमालले फिल्ममा काम गर्ने सहमति भएपछि भन्छन्,‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’
पछिल्लो पटक फिल्म ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने फिल्ममा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन्। त्यसैले पनि होला उनी दंग देखिएका छन्

आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको फिल्मको नाम केही दिनमा घोषणा गरिने निर्माणपक्षको भनाइ छ। निर्देशक दिवाकरले फिल्मको कथावस्तु मनपराएपछि हमाल आफ्नो फिल्ममा अभिनयका लागि तयार भएको र यो फिल्मले राजेश हमालको गर्विलो कमब्याक गराउने दावी गरे। यस अघि अभिनेता हमाल अनुबन्ध भएको फिल्म ‘सत्यम’र ‘मायाको माया’घोषणामै सिमित भएको थियो। त्यसैले होला यो फिल्मबाट निकै उत्साहित बनेको सार्वजनिक फोटोबाट अनुमान गर्न सकिन्छ।

Leave A Reply

Your email address will not be published.