सुचना, समाचार र मनोरन्जन

खगेनको शब्दमा राजेश पायल र शलोनीको ‘कलेजकी सुन्दरी’

काठमाडौ :

‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा खगेन राई ‘खगेन कहानी’को शब्द रहेको गीतलाई अर्जुन पोखरेलले संगीत तथा एरेञ्ज गरेका छन्।

डान्सिङ बिटको गीतमा स्कुल, कलेज जिवनको रमाईला यादहरुलाई प्रेमिल भावमा गीतकार खगेनले उतारेको पाउन सकिन्छ। उनकै खगेन कहानी युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई चर्चित प्रांकस्टार एलिश राईले निर्देशन गरेका छन्।

Chaka Panja

म्युजिक भिडियोमा एलिशको साथै उमेश राई ‘फुलन्देकी आमा’, गीता ढुङ्गाना, उषा उप्रेती र रमेश बुढाथोकीको अभिनय रहेको छ। भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अमृत चापागाईले इडिट तथा कलर गरेका छन्। सार्वजनिक गीतको बारेमा बोल्दै गीतकार खगेनले आफ्नो स्कुल, कलेजका दिनहरुको याद ताजा भएको बताए।

गीतकार खगेन ब्रिटिस गोर्खा आर्मी तथा समाजसेवी हुन। त्यस्तै गायिका शलोनी पनि समाजसेवाका साथमा युकेमै रहेर गीत, संगीत तथा कन्सर्टहरुमा ब्यास्त गायिका हुन्। गीतकार खगेनको अहिले सम्म ३ गीतहरु सार्वजनिक भैसकेका छन्, भने गायिका शलोनीले आधा दर्जन गीत बजारमा ल्याई सकेकी छन्।

Leave A Reply

Your email address will not be published.