सुचना, समाचार र मनोरन्जन

प्रदीप खड्कालाई पनि सुपरस्टारको धङधङी,एक्टरको बारेमा बोले

काठमाडौं :

यहि १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वान’अभिनेता प्रदीप खड्कालाई  ‘सुपरस्टार’को ट्याग दिएको छ। यो ट्याक उनलाई किन दिइयो भन्नेविषयमा यतिबेला चर्चाको विषय बनेको छ। बिहिबार राजधानीमा केहि मिडियाकर्मीलाई यो विषय चर्चामा अभिनेता खड्काले मुख खोलेका छन्।

उनले आफुलाई यो ‘ट्याग’ राख्न निर्माण टिमलाई  कुनै दबाब नदिएको बताउदै आफुलाई एक्टरको रुपमा लिएको बताए। उनले भने, ‘फिल्ममा निर्देशकले मलाई ‘सुपरस्टार’ भनेर लेख्नुभयो । मैले नलेख्नै सुझाव दिएको थिएँ । तर, मैले रोक्न सकिनँ।’

उनले भारतिय फिल्मको उदाहरण दिदै आफुलाई यो एक्टर फिल्मले प्रदीप एक्टर बनाओस भन्ने चाहाना रहेको बताए।

उनले थपे,‘ ‘एक र दुई दिनयता मैले सोचिरहेको छु कि बलिउडमा ‘सुल्तान’ खेलेर कलाकारलाई सुल्तान भनेजस्तो ‘एक्टर’ रिलिजपछि ‘एक्टर प्रदीप’ भनिन थालियो भने त्यो चाहिँ ठूलो उपलब्धि हुन्छ जस्तो लाग्छ । र, त्यसमा म पनि हर्षित हुने थिएँ। कसैले मलाई ‘स्टार’ र ‘सुपरस्टार’ बनाए पनि खासमा बन्नुपर्ने भनेको त एक्टर हो। त्यसमाथि ‘एक्टर’ शीर्षकमै फिल्म बनेको छ ।’

उनको कुरालाई निर्देशक राजन भुसालले समर्थन गर्दै प्रदीपलाई आफुहरुले मात्र नभई अल नेपालका दर्शकले सुपरस्टार भन्न थालेको दाबी गरे। निर्देशक भुसालले भने,‘ट्याग भनेको कसैले दिएर वा नदिएर हुने कुरा होइन । मैले ‘एक्टर’ फिल्म प्रदीपजीलाई लिएर बनाउँदैछु भनेर कुरा गर्दा भेटेका जति सबैले ‘सुपरस्टार प्रदीप खड्का’ भन्नुहुन्थ्यो । यसको मतलब उहाँलाई सुपरस्टारको रुपमा जनताले नै स्वीकार गरिसक्नुभएको छ।

उनी यतिमा नै चुप लागेनन्। उनले थपे,’ निर्देशक भुसाल भन्छन्, ‘उहाँले फिल्म क्षेत्रमा दिनुभएको योगदानको हिसाबले त ‘सुपरस्टार’ ट्याग पनि सानो हो भन्ने लाग्छ ।’

थमन कुमार भण्डारीको लगानीमा बनेको यो फिल्ममा प्रदीप खड्का,सुशिल सिटौला,दिव्या रायमाझी लगायतका कलाकारहरुले अभिनय गरेका छन्। पत्रकार सम्मेलनमा निर्देशक भुसाल,अभिनेता प्रदीप र सुशिल उपस्थित भएका थिए भने अभिनेत्रीहरु भने उपस्थित भएनन्।

Leave A Reply

Your email address will not be published.