काठमाडौं :
अभिनेता राजेश हमालले भोटेकोशी बाढी प्रभावितको लागि २१ लाख रुपैयाँ जुटाइदिएका छन्। उनले अस्ट्रेलियामा आयोजित आफूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा संकलित २१ लाख रुपैयाँ जुटाएका हुन्।
जुटाएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा पठाइएको जानकारीमा प्राप्त भएको छ। सोमबार क्यानबेरामा हमालसँग फ्यानको मिट एन्ड ग्रीट कार्यक्रम आयोजना भएको थियो। ५ सेप्टेम्बरमा क्वीन्सल्यान्डको उत्तरी सहर केन्र्स र ९ तारिखमा ब्रिसबेसनमा आयोजना हुने दुई वटा कार्यक्रमबाट संकलन हुने रकम पनि कोषमा जम्मा गर्ने सोच हमालको रहेको बुझिएको छ। तर यस विषयमा हमालले आधिकारिक रुपमा केहि भनेका छैनन्। सबै कलाकारहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा सहयोग गर्दा उनले नगरेको भन्दै आलोचना बढेको थियो।