सुचना, समाचार र मनोरन्जन

राजु परियार ‘लाइभ दोहोरी नाइट’ मा अमेरिकामा प्रस्तुति दिने

काठमाडौँ :

चर्चित लोकदोहोरी गायक राजु परियार अमेरिकाको टेक्सास राज्यस्थित इर्भिङमा सांगीतिक प्रस्तुति दिन जाने भएका छन्। उनी जनवरी १६ तारिख शुक्रबार साँझ ७ बजेदेखि इर्भिङस्थित भेटघाट रेस्टुरेन्टमा आयोजना हुने ‘लाइभ दोहोरी नाइट’ कार्यक्रममा सहभागी हुने तय भएको हो।

Chaka Panja

‘युएसए टूर बाइ कोसेली कोलोराडो’ अन्तर्गत आयोजना हुन लागेको उक्त कार्यक्रम चहलपहल प्रोडक्सनले प्रस्तुत गर्न लागेको छ। कार्यक्रममा राजु परियारसहित गायिका शान्ति भण्डारी र गायक चन्द्र शर्माले समेत प्रस्तुति दिनेछन्। नेपाली लोकदोहोरी गीत–संगीतको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा प्रत्यक्ष दोहोरी, कलाकार–दर्शक संवाद र सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रमपछि राजु परियारसहितको टिमले अमेरिकाका अन्य सहरमा पनि प्रस्तुति दिने तयारी गरेको छ। फेब्रुअरी १ तारिखमा मेरिल्याण्डमा कार्यक्रम तय भएको जानकारी दिइएको छ भने फेब्रुअरीमै भर्जिनियामा पनि प्रस्तुति रहनेछ। वासिङ्टनसहित अन्य केही सहरमा समेत कार्यक्रम आयोजना गरिने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.